मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको भएको सुनको मुल्य तोलामा रु ७०० ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ। मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
न्यूज समय
१७ बैशाख, २०८२, बुधबार ००:००