माओवादी अध्यक्ष दाहालले गरेको कैलालीमा दुई बालिकाको अभिवकत्व ग्रहण

न्यूज समय


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कैलाली जिल्लाको भजनीका दुई स्कुले बालिकाको शिक्षा र भविष्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

दाहालले शिक्षामा सहयोग गर्नेहरु सीमान्तकृत समुदायकी कक्षा ३ मा पढ्ने निन्दु राजी र शहीद परिवारकी कक्षा १० मा पढ्ने अनिशा थरुनी छन् ।

उनीहरू दुवै भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयकी हुन् । दाहालको निजी सचिवालयका अनुसार, उनले दुई बालिकाको पूर्ण अभिभावकत्व लिएका छन् । उनीहरूको शिक्षा र समग्र विकास सुनिश्चित गर्ने वाचा गरेका छन् ।

दाहालले पार्टीले उठाएको र वकालत गरेको सामाजिक न्याय र समानताको एजेन्डा अझै पनि अत्यन्तै सान्दर्भिक भएको बताए ।