चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनमा ४६ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो दिन ४६ करोड ९० लाख ८५ हजार रुपैयाँ भौतिक क्षति भएको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सो हिंसात्मक आन्दोलनमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनमा पुगेको क्षति मात्रै ६ करोड ८७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
सोही दिन काठमाडौंका विभिन्न ठाउँमा राखिएका सिसिटिभी क्यामेरामा मात्रै १० लाख ७१ हजार बराबरको क्षति पुर्याइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, निजी घर, सुपर मार्केट, मिडिया, अन्य कार्यालयहरुमा तोडफोड हुँदा ३९ करोड ९२ लाख रुपैयाँको क्षति पुगेको छ ।
न्यूज समय
१० बैशाख, २०८२, बुधबार ००:००