प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहाल

न्यूज समय


काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका दाहालले संसदमा आज बस्ने बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, दाहालले सो दिन बोलेका थिएनन् । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोचपेच गरेर बोलेका कुरालाई अध्यक्ष प्रचण्डले काउन्टर भाषण गर्ने माओवादी केन्द्रका सांसदको दाबी छ । सरकारले ल्याएको अध्यादेशको प्रतिपक्षी दलहरूले एकजुट भएर चर्को विरोध गर्दै आएका छन् ।