कांग्रेसको अभिभूखीकरण कार्यक्रममा पार्टीको परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस भयो : गुरु घिमिरे

न्यूज समय

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पोखरामा आयोजित कांग्रेसको सात प्रदेश सभापति,उपसभापति र जिल्ला सभापति र उपसभापतिको अभिभूखीकरण कार्यक्रममा पार्टीको परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको टिप्पणी गरेका छन् । सामाजिक संञ्जाल मार्फत घिमिरेले अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुदै पनि उदेकलाग्दो देखिएको र जग हँसाई भएको टिप्पणी गरे ।

उनले लेखेका छन्–‘नेपाली कांग्रेसको सात प्रदेश सभापति,उपसभापति र जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुदै पनि उदेकलाग्दो देखिएको छ। यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको छ। यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियो। यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरेपनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ। तथापि पार्टी भनेको पद ओगटेका दुई चार व्यक्ति मात्र होइनन्, मूलतस्आठ लाख साठी हजार कृयाशिल सदस्य हुन्। पार्टी भित्रकोआफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिड्न नसक्नु नेतृत्वको अफलता हो। पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुँइक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाई भएको छ।’

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । मंगलबार बाट सुरु भएको अभिमुखीकरण कार्यक्रम बुधबार समापन हुदैछ ।