अमेरिकामा एकसाता नबित्दै फेरि अर्को जहाज दुर्घटना

न्यूज समय

काठमाडौ । अमेरिकामा फेरि अर्को जहाज दुर्घटना भएको छ । पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटनामा परेको हो ।

स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक एउटा प्राइभेट विमान दुर्घटना भएको बिबिसीले जनाएको छ । फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड-ब्रान्सन विमानस्थल जाँदै गरेको विमानमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको अमेरिकाको उड्डयन विभागले जनाएको छ।

दुर्घटना भएको लियरजेट ५५ मेडिकल विमान ९एयर एम्बुलेन्स० भएको बताइएको छ। विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनको हेरचाहमा आएका एकजना सवार थिए। जमिनमा खसेलगत्तै जहाजमा आगो लागेको र केहीबेरमै भीषण रूप लिँदै विस्फोट भएको थियो ।

दुर्घटनापछि उत्तर(पूर्वी फिलाडेल्फियाका भवनहरू, घरहरू र सवारीसाधनहरूमा आगजनी हुनुका साथै मानिसहरू घाइते भएका छन् । यसअघि पनि अमेरिकामा ठूलो जहाज दुर्घटना भएको थियो। जसको एक साता बित्न नपाउँदै यो घटना भयो।