काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदी पौडेल र शिक्षा मन्त्री विद्या भट्टराईका बीचमा सहमतिको विरोधमा स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकहरू सडकमा आएका छन् ।
बुधबार उनीहरूले राजधानीको माइतीघर मण्डलामा धर्ना दिएका हुन् । दुई मन्त्रीका बीचमा उनीहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा तीन बुँदे निर्णय गरेका थिए । त्यसको विरोधमा आवासीय चिकित्सकहरूले हिजोदेखि आन्दोलन थालेका हुन् ।
आफूहरू चरम श्रम शोषण गर्ने खालको निर्णय गरिएको भन्दै निर्णायक आन्दोलनमा होमिएको उनीहरूको भनाइ छ ।
न्यूज समय
१६ माघ, २०८१, बुधबार ००:००