काठमाडौ । सरकार बाहिर रहेका दलहरूको बैठक आज बस्दैछ। दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल माओपादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्ने बताईएको छ ।
संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै ती दलहरुले विरोध गरेका छन्।
बुधबार संयुक्त बैठक गर्दै दलहरुले संविधानको मर्म भावनामा प्रहार गर्ने काम भइरहेको निर्णय गरेका थिए। बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने तयारी विपक्षी दलको तयारी छ।
न्यूज समय
४ माघ, २०८१, शुक्रबार ००:००