काठमाडौं । नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटवार्ता गरेकी छिन् ।
सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत एल्गेबालीले आज शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटवार्तामा हमाशले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको रिहाको विषयमा कुरा भएको मन्त्री राणाले जनाएकी छिन् ।
यसको अलावा दुई देशबीचको सम्बन्ध, व्यापार तथा आर्थिक साझेदारीको विषयमा पनि कुराकानी भएको मन्त्री राणाको भनाई छ ।
न्यूज समय
२६ पुस, २०८१, शुक्रबार ००:००