२९ कार्तिक २०८१, बिहीबार  |  14 November 2024,Thursday
Ad

१९ सांसदमाथि अवहेलनाको मुद्दा दर्ता भए संगै रास्वपाद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम स्थगित

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १९ सांसद माथि अवहेलनाको मुद्दा दर्ता भएको छ ।

सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको भन्दै मुद्दा दर्ता भएको हो ।

अधिवक्ता अनुपम भट्टराई निवेदक रहेको मुद्दा सहरजिस्टारको आदेशले दरपीठ भएको थियो । सोहि दरपिठ भएको मुद्दालाई न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार दर्ता गर्न आदेश दिए पछि मुद्दा दर्ता भएको सर्वोच्च श्रोतले बताएको छ ।

अदालतले रवि लामिछाने बाहेकका १९ सांसद माथि सर्वोच्चमा मुद्दा दर्ता भएको जानकारी गराएपछि रास्वपाले सभापति रवि लामिछाने पक्राउको विरोधमा दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ ।

सभापति लामिछाने पक्राउको विरोधमा आन्दोनलमा रहेको रास्वपा आफ्ना १९ सांसद माथि सर्वोच्चमा अवहेलनाको मुद्दा दर्ता भए पछि आन्दोलनको अवको वाटो अन्योलपूर्ण रहेको देखिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*