लुम्विनी प्रदेश सरकारमा सहभागि कृषि तथा भुमि व्यवस्था मन्त्री अहिरले पदबाट राजिनामा दिए

न्यूज समय

जनता समाजवादी पार्टीबाट लुम्विनी प्रदेश सरकारमा सहभागि कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजिनामा दिएका छन् ।
मुख्यमन्त्री जोख बहादुर महराले गएको चैत्र २२ गते गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) क अनुसार मन्त्री पदबाट राजिनामा दिएको बताएका छन् ।

मुख्य मन्त्रीलाई लुम्विनी प्रदेश सरकार निर्माणमा समर्थन गरी लिखित सम्झौता गरे पनि मुख्य मन्त्रीले अहिले एउटा मात्र मन्त्रालय दिएको र अन्य कुरामा व्यवास्ता गरेको भन्दै अहिरले राजिनामा बताएका छन् ।

सनिबार लेखेको राजिनामा पत्र आईतबार (आज) मुख्यमन्त्री कार्यालयमा पेश गरिएको बताईएको छ ।