पालिका भित्रका महिलालाई आत्मनिर्भन बनाउन लमही नगरपालिकाले अग्रसरता देखाउँदै
लमही नगरपालिका भित्रका महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले अग्रसरता देखाएको छ ।
गरिव तथा विपन्न परिवारका महिलालाई लक्षित गर्दै उनिहरुलाई स्वरोजगार बनाउने उदेश्यले पालिकाले विभिन्न सिपमुलक उद्यमसिल तालिम संचालन गर्दै आएको छ ।
पालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरर्गत ८ दिने उद्यमशिलता विकास तालिमको आईतवार उद्घाटन गर्दै पालिकाकी कार्यवाहक अध्यक्ष लक्ष्मी योगीले महिलाले सिकेको सिपले उनिहरुलाई आत्मनिर्भर बनाउने बताईन् ।
महिला पनि पुरुष सरह समाजमा आय–आर्जन गर्न सक्षम रहेको भन्दै त्यसका लागि सिपको खाँचो भएकोले पालिका भित्रका गरिव तथा विपन्न महिलाहरु लाई सिप सिकाई स्वारोजगार बनाउन पालिका सधै तत्पर रहेको उल्लेख गरिन् ।
लमही क्षेत्रका महिलाले सिकेको सिप र गर्ने आय–अर्जन अन्य पालिका तथा प्रदेश स्तरमा समेत नमुना योग्य बन्ने विश्वास समेत कार्यवाहक अध्यक्ष योगीले व्यक्त गरिन् ।
पालिकाको वडा नं ७ मा संचालित तालिममा स्थानीय विपन्न तथा गरिव परिवारका २५ जना महिलाहरुको सहभागिता रहेको छ ।