१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

रिहाई भए बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेकाहरु

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई रिहाई गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
अदालतको आदेश अनुसार पक्राउ परेका व्यावसायी अरुण चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएका हुन् ।
रिहा भएका उनिहरुका बारेमा अनुसन्धान भने जारी रहने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानमा सहयोग गर्ने गरी हाजिर जमानीमा छाडी बाँकी अनुसन्धान पूरा गर्न सीआईबीलाई समेत आदेश दिएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजीकरण गर्न खोजिएको भन्दै सीआईबीले लामो समयको अनुसन्धान पछि उनिहरुलाई पक्राउ गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*