काभ्रेपलाञ्चोकबाट २८५ किलो अबैध गाँजा सहित ३ जना पक्राउ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा न. ५ बाट अबैध गाँजा सहित सोमबार बिहान ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गाडि चालक नुवाकोट जिल्ला बिदुर नगरपालिका ११ घर भएका ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप नगरपालिका ८ घर भएका २० वर्षीय सञ्जिब तामाङ र रामेछाप नगरपालिका ८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ५३ वर्षीया बिमला तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीले बनेपा–पनौती सडकखण्डमा सवारी चेकजाँचको क्रममा पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डिआइ गाडीमा लुकाए ल्याउँदै गरको २८५ किलो अप्रसोधित गाँजा सहित उनिहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बनेपामा राखिएको र उनिहरु बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।