१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

निलम्वित नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पक्राउ

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिता पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिइएको छ ।
हाल निलम्बनमा रहेको यि दुईलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका आधारमा अख्तियारले गरेको अनुसन्धानबाट खुलेको भन्दै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।


पौडेलद्वयले नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको आरोप छ ।


उनिहरु फरार हुने सम्भावना देखिएको र अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै सुनिता र विकललाई नियमानुसारको उजुरी पक्राउ पूर्जी दिई हिरासतमा लिईएको र उनिहरु बारे थप अनुसन्धान भईरहेको पनि प्रबक्ता घिमिरेले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*