मुग्लिन–नारायणघाट सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने
यहि आउँदो पुस ७ गते देखि मुग्लिन–नारायणघाट सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
उक्त सडक खण्डको तुईनखोलमा पुल निर्माणका लागि सडकको भित्तो काट्नु पर्ने भएकाले ४ घण्टाकालागि सडक बन्द गर्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना कार्यालयका अनुसार उक्त सडक खण्ड विहान ११ बजे देखि दिउँसो ३ बजे सम्मकालागि सडक बन्द गरी भित्तो काट्ने काम गरिने छ ।
कार्यालयको अनुसार शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले यात्रुहरुको अप्ठेरोलाई मध्यनजर गर्दै ४ घण्टा मात्र सडक रोकेर काम गर्ने निर्णय गरेको हो ।