राष्ट्रपति पौडेल भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगि घाइतेहरूलाई भेटे
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रपति पौडेलले अस्पतालमा उपचाररत घाईतेहरुलाई भेटेर प्रत्यक्ष संबाद गरेका छन् । त्यस अवसरमा घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । त्यसको प्रतिकृया दिदै राष्ट्रपतिले भुकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रवन्ध हुने र त्यसका लागि आफुले सरकारसँग कुरा गर्ने बताएका थिए ।
सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेर भुकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् ।
राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति लगाएत सहभागी छन् ।