१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

हुलाक टिकट अब नेपालमै छपाईं गर्ने तैयारी

हुलाक सेवा विभागले हुलाक टिकट नेपालमै छाप्ने तैयारी थालेको छ । सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारीका अनुसार विभाग र जनक शिक्षा सामग्री केन्द्र बीच भएको सहमति अनुसार टिकट नेपालमै छाप्ने तैयारी थालिएको हो ।


चुनावको मतपत्र, राजश्वका स्टिकर लागाएतका महत्वपूर्ण सामग्री नेपालमै छापिरहेको यो अवस्थामा सुरक्षालाई मध्यनजर गर्दै टिकट नेपालमै छाप्न सकिने भएकोले विभागले यस्तो तैयारी थालेको अधिकारीले बताए ।
उनका अनुसार टेन्डर मार्फत विदेशमा छपाई गर्दा पर्ने महंगो सुल्क र त्यसको अनुगमनमा जाँदा लाग्ने खर्च नेपालमै छपाई गर्दा बचत हुने भएकाले पनि विभागले यो प्रकृया थालनी गरेको बताए ।


विभागले पहिलो पटक टिकटको स्टक सकिन थाले पछि १० रुपैयाँको टिकट जनक शिक्षा सामग्री मार्फत छाप्ने छ । विभागले अहिले दश, एक र पाँच रुपैयाँको टिकट टेन्डर प्रकृया मार्फत भारत, इन्डोनेसिया, बेलायत लगाएतका देशमा छपाईं गर्दै आएको थियो ।


विभागले विदेशमा प्रति टिकट एक रुपैयामा छपाई गराउँदै आएकोमा जनक शिक्षा समाग्रीले स्वदेशमै प्रति टिकटको ९५ पैसा मात्र पर्ने गरी छपाई गर्ने प्रस्तव गरेको पनि विभागले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*