१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

आज हिन्दु नारीको महान पर्व तीज

आज भाद्र शुक्ल तृतीया । हरितालिका तीज पर्व । हिन्दु नारीहरुको महान पर्व तीज आज मुलुकभर महिला वर्गले हर्षोल्लाससाथ मनाइरहेका छन् । तीजमा देवादिदेव महादेवको पूजा आराधना गरी महिनाहरु दिनभर निराहार बस्छन् ।

भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएको विश्वासमा यो व्रत सुरु भएको भन्ने मान्यता कायम छ ।

बरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको भन्ने भनाइ पनि छ ।

तिनै साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत सुरु भएको भन्ने धर्मशास्त्रमा उल्लेख छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने जनविश्वास आजसम्म कायम छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*