२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

समाजवादी मोर्चाभित्र एमसीसीको लफडा

बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण केही समयअघि गठन भएको समाजवादी मोर्चामा विवाद आएको छ । आजैबाट कार्यान्वयन आउने एमसीसीको विषयलाई लिएर मोर्चा घटक सत्तारुढ दलहरूसहित नेकपा माओवादी (विप्लब समूह) को सम्मिलित समाजवादी मोर्चाभित्र चरम विवाद उत्पन्न भएको हो ।

सर्वसाधारणबाट सम्झौताअघि देखि चर्को विरोध हुँदै आए पनि नेताहरुको पिछलग्गुका कारण सम्झौतापछि कार्यान्वयनमा आउन लागेको एमसीसी परियोजना लागू गर्न नहुने पक्षमा विप्लब र माधव नेपाल पार्टीका केही नेताले अहिले पनि विरोध गरिरहेका छन् । सरकारको एमसीसीमा समर्थन भएपछि धनगढीमा हुने भनिएको प्रदेशस्तरी मोर्चा घोषणा कार्यक्रम पनि अनिश्चित भएको छ ।

यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसेको थियो । एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि सो बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले यसबारे असन्तुष्टि जनाएका थिएव्यक्त गरेका थिए ।

बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरे । तर प्रधानमन्त्रीले एमसीसी कार्यन्वयनको चरणमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने जवाफ दिए । दाहालको जवाफमा चन्दले तुरुन्तै प्रतिक्रिया जनाएका थिए ।

मोर्चा निर्माणका क्रममा नै हामीले समाजवाद र राष्ट्रिय स्वाधीनताको विषयलाई मुख्य बनाएका थियौं, बैठकमा सहभागी अनिल शर्माले पत्रकारहरुको प्रश्नमा भने, ‘प्रधानमन्त्रीलगायतका केही नेताले एमसीसी कार्यान्वयन घोषणालाई रोक्न नसकिने भनेपछि हामीले समाजवादी मोर्चामा रहने कुराको तादम्यता मिलेन भन्यौँ । त्यसपछि आज धनगढीमा गर्ने भनिएको मोर्चाको सन्देश सभा पनि स्थगित भएको छ ।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*