१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

बागमती नदी महोत्सव भोलि हुने

अघिल्लो वर्षजस्तै यसपटक पनि बागमती नदी महोत्सव ताथा महाजलयात्रा हुने भएको छ । वागमती नदी संरक्षण अभियानलाई अरु प्रभावकारी बनाउने उद्देश्यसाथ महोत्सव गर्न लागिएको हो ।

महोत्सव नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोल गर्न लागेको हो । आयोजकका अनुसार भोलि भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ कार्यक्रम हुनेछ ।

बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्न नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको नाराका उपाध्यक्ष शिशिर खनालले जनाएका छन् ।

कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजे महाजलयात्रा सुरु हुने छ । जसमा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने छ । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियानकर्मीहरुले विभिन्न अभियान चलाउँदै आएका छन् । भोलिको महोत्सव तथा महाजलयात्राका लागि पाँच लाखभन्दा बढी रकम आवश्यक पर्ने आयोजकहरुले जनाएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*