२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

घरघरमा नाग चित्र टाँसेर नाग पञ्चमी मनाइयो

घरघरमा नागको चित्र टाँसेर देशभर नाग पञ्चमी पर्व मनाइको छ । ढोकामाथि नाग चित्रअंकित तस्बिर र पानीको मूलहरुमा नाग पूजा गरेर नाग पञ्चमी मनाइन्छ । आजबाट खासगरी हिन्दुधर्मावलम्बीहरुको चाडपर्व सुरु भएको संकेतका रुपमा पनि नागपञ्चमीलाई लिइन्छ ।

परम्पराअनुसार नागको पूजा अर्चना गरी घरको मूल ढोकामा टाँसेर पर्वका रुपमा मनाइन्छ । आज नै काठमाडौंको नक्सालस्थित नागपोखरीमा नागको पूजा गर्ने भक्तजनहरूको भीड नै लाग्छ । यसका अलवा देशभर नागस्थानहरूमा नागको पूजा गरेर पञ्चमी मनाइएको छ ।

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिनलाई हिन्दुहरुले नागको पूजा गरेर मनाउँछन् । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयसमेत नहुने धार्मिक विश्वास छ ।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बराहपुराणमा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*