संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा विश्वम्भर सिफारिस
संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई बिहीबार सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा साँझ भएको परिषदको बैठकले श्रेष्ठलाई एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
साँझ बैठक सकेर निस्कँदै गर्दा सञ्चारकर्मीहरुको प्रश्नमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशमा नियुक्तिका लागि वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सिफारिस गरेको जानकारी दिनुभयो ।
साउन २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अनिवार्य अवकाश लिँदै हुनुहुन्छ । उहाँको उत्तराधिकारीका रुपमा श्रेष्ठ अब प्रधानन्यायाधीश बन्नु हुने पक्का भएको छ ।