सारुकको सुसाइड नोटले शंकाउपशंका सकियो
सारुक ताम्राकारको मृत्युबारे अध्ययन गरिरहेको टोलीलाई उनको सुसाइट नोटले हाइसन्चो बनाएको छ । उनको मोबाइलमा भेटिएको सुसाइट नोटमा आफ्नो मृत्युमा कसैलाई पनि दोष नदिनु, यसमा कसैको दोष छैन भन्ने आशयको नोट भेटिएको अनुसन्धानपछि तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अभिनेता सारुकको आत्महत्यागरेपछि अभिनेत्री नम्रता श्रेष्ठ निकै चिन्तामा थिइन् । उनलाई जबरजस्त विवादमा ल्याइएको थियो । सञ्चारमाध्यमहरुमा उनकै कारण आत्महत्या रोजेको भन्नेसम्मका समाचार आएका थिए । तर जब प्रहरीको प्रतिवेदन आयो जब नम्रतालाई हाइसन्चो भएको छ ।
सारुकले आत्महत्या गरेकै अभिनेत्री नम्रतासँगै एउटा फिल्मको सुटिङमा थिए । सो सुटिङमा उनीहरुबीच विवादसँगै झगडासमेत भएको थियो । यो कुरा फिल्म युनिटले बाहिर ल्याएको थियो ।
सञ्चारमाध्यमसँगै उनका आफन्तले नम्रतालाई अनुसन्धानको धेरामा राख्न दबाबै दिएका थिए । उजुरीबाजुर भने कसैले गरेका थिएनन् । अनुसन्धानमा लागेको प्रहरी भने मोबाइलको परीक्षण रिपोर्ट र आफन्तहरुको जाहेरी कुरिरहेको थियो ।
सारुखको काजकिरिया सकिसकेपछि पनि प्रहरीमा कुनै जाहेरी परेको थिएन । यही बेला उनको मोबाइलको फरेन्सिक ल्याब परीक्षण रिपोर्ट आयो र घटनालाई नयाँ मोड दियो ।मोबाइलको नोटप्याडमा सारुकको ‘सुसाइड नोट’ फेला परेको छ, जसमा उनले कसैलाई आरोपित गर्न चाहेका छैनन् ।
प्रहरीका अनुसार उनले सुसाइड नोटमा थुप्रैको नाम लिएका छन् तर सबै सकारात्मक नै छन् । नम्रतालाई पनि सम्झिएको मात्र छ । अनुसन्धानका क्रममा प्रहरीले धेरैसँग बयान पनि लिएको थियो तर सुसाइड नोटपछि घटनाले अर्कै मोड लिएको छ भने अनुसन्धानमा लागेको टोली पनि ढुक्क भएको छ ।