बाढी पहिरो पिडितलाई तत्काल उद्दार र राहतमा उच्च प्राथमिकता दिनुस् : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोबाट पिडित नागरिकलाई तत्काल उद्दार र राहतलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।
रक्षा मन्त्रालयमा विपद् व्यवस्थापन लगायतका विषयमा बुधबार भएको छलफल कार्यवाहक प्रधानमन्त्री खड्काले बाढी पहिरोबाट हुन सक्ने संभावित क्षेति तथा अवरुद्ध हुन सक्ने राजमार्ग तत्काल सुचारु हुने व्यवस्थाका लागि पूर्व सतर्कता अपनाउन समेत निर्देशन दिए ।
पीडितलाइ राहत वितरणका सम्वन्धमा कुनै कानूनी वाधा अड्चन आएमा त्यसलाइ तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत उनले आग्रह गरे ।
बैठकमा उपश्थित उप–प्रधानमन्त्री तथा गृह मन्त्री नारायण काजि श्रेष्ठ, मुख्य सचिव, प्रधान सेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले अविरल बर्षाबाट मुलुकका विभिन्न स्थानमा भएको धनजनको क्षेतिका लगाएतका विषयमा क्षलफल गरेका थिए ।