२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको आज ४५ औं स्मृती दिवस

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृती दिवसमा विविध कार्याक्रम आयोजना गरि मनाइँदैछ । मुलुकमा सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए । राणा शासनविरुद्ध संघर्ष सुरु गरेका दाजु गंगालालको हत्या गरिएपछि पुष्पलालले दाइको अभियानलाई पूरा गर्न राजनीतिक यात्रा सुरु गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा बसेका थिए ।

विक्रम संवत १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको माइला छोराका रुपमा रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पञ्चायती व्यवस्थाका बेला तत्कालीन सरकारले उनको शव समेत नेपाल ल्याउन दिएको थिएन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*