भीषण बाढीले झापाको सीमास्तम्भ बगायो

न्यूज समय

निरन्तरको वर्षापछि आएको बाढीले झापा गौरीगञ्ज–२ स्थित दशगजाको सीमा स्तम्भ बगाएको छ । स्थानीय कमलखोलामा आएको बाढीले दशजगामा रहेको सीमा स्तम्भ बगाएको स्थानीय बासिन्दाले बताए ।

कमलखोलामा शुक्रबार दिउँसो आएको आएको बाढीले ती स्तम्भ बगाएपछि स्थानीयवासी र प्रहरीले त्यसको खोजी गरिरहेका छन् ।

पूर्वी नेपालमा असार २६ देखि अविरल वर्षा हुँदा विभिन्न ठाउँ डुबान परेका छन् । डुबानपछि धेरै घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । बाढीले स्थानीय खोलानाला किनार ठूलो क्षेत्रमा कटान गरेको छ ।