प्रहरी हिरासतमा परेका ८ कलाकारहरु २७ दिनपछि आज साँझ हिरासतमुक्त भएका छन् । उनीहरुलाई एउटा सट्टेबाजी विज्ञापन प्रसारण गरेको आरोपमा प्रहरीले जेठ ३२ गते नियन्त्रणमा लिएको थियो ।
एकैपटक ठूलो संख्यामा वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरु आज साँझ ५ हजार धरौटीमा रिहा भएका हुन् । कलाकारहरुलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्ने अनुमति दिएसँगै हिरासत मुक्त भएका थिए ।
पक्राउ परेसँगै सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।
आज हिरासतमुक्त हुने कलाकारहरुमा मरिचमान श्रेष्ठ, राजु पौडेल, पवन खतिवडा, बेगम नेपाली, अलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा र सरोज घिमिरे छन् ।
न्यूज समय
२७ असार, २०८०, बुधबार ००:००