पानी जमेको खाल्डोमा डुबेर सर्लाहीमा दाजुभाइकै मृत्यु भएको छ । शनिबार साँझ एक्कासि घरबाट निस्केका दाजुभाइ राति १२ बजे पानीमा डुबेको अवस्था फेला परेका हुन् ।
स्थानीय पर्सा गाउँपालिका ४ का १२ वर्षीय प्रिन्स र १० वर्षीय दिपु महतोलाई पानीबाट निकालेर मलंगा अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कसैलाई केही थाहा नदिई निस्केका उनीहरु राति अबेरसम्म घर नफर्कँदा खोजी भएको थियो । घरपरिवार र छिमेकीले खोजतलास गर्दै जाँदा उनी करिब ५०० मिटर टाढाको खोलाको तटबन्ध गर्न खनेको खाल्डोमा डुबिरहेको परेका थिए।
न्यूज समय
२४ असार, २०८०, आईतबार ००:००