एसईईको रिजल्ट साँझसम्म आउने

न्यूज समय

एसईई २०७९ को परीक्षाफल आज साँझसम्म आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अन्य प्राविधिक समस्या नभए साँझसम्म रिजल्ट सार्वजनिक गर्ने बताएको हो ।

परीक्षाफल प्रकाशनको करिब करिब अन्तिम तयारीमा रहेको स्रोतले जनाएको छ । यसका लागि बोर्डको बैठकसमेत डाकिएको छ । सबै उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि लगभग सकिएको छ ।

परीक्षाफल सार्वजनिकमा कुनै पनि प्राविधिक समस्या नआए बिहीबार साँझसम्म सार्वजनिक हुने बोर्डका एक सदस्यले जनाए । कार्यालयको सबै संयन्त्र रिजल्टका लागि जुटेको छ ।