प्रत्येक असार शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मनाउँदै आएको छ । आफूलाई शिक्षा, दिक्षासाथ सतमार्गमा हिँडाउने ती महान व्यक्तित्वप्रति सम्मान दिनकै लागि आजको दिनलाई विशेष बनाइएको हो ।
जीवनलाई सतमार्गमा हिंडाउने गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्न थालिएको हो ।
यो दिनमा आफूलाई शिक्षा दिने, मन्त्र दान गर्ने गुरुलाई सम्मानसाथ दण्डवत प्रणाम गर्ने, गुरुलाई उपहारहरु दिने र गुरुलाई मन पर्ने भोजन पनि गराउने चलन पछिल्लो समय अझ बढी विकास भएको छ । यो दिनलाई ब्यास पूजा जयन्ती यानि ब्यास जयन्ती पनि भनिन्छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै यो पूर्णिमालाई विशेष दिएर मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ ।
ती महान व्यक्तित्वहरु प्रति हाम्रो पनि सम्मान तथा गुरु पूर्णिमाको सबैमा हार्दिक शुभकामना ।
न्यूज समय
१८ असार, २०८०, सोमबार ००:००