ललिता निवास जग्गा प्रकरणका थप ४ जना प्रहरी नियन्त्रणमा

न्यूज समय

ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप ४ जना आरोपीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रमा लिएकाहरुमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यस अघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुले राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको सीआईबीको अनुसन्धानबाट खुलेपछि उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीका भनाई छ ।