काठमाडौं महानगरका शिक्षकले मासिक तलब पाउने

न्यूज समय

काठमाडौं महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले अब मासिक तलब खान पाउने भएका छन् । यसअघि शिक्षक कर्मचारीले चौमासिक रुपमा तलब पाउँथे ।

महानगरले आज सार्वजनिक गरेको वार्षिक बजेटमा उक्त कुरा सार्वजनिक गरेको हो । बजेटमा मासिक तलब खुवाउनकै लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको महानगर उपप्रमुख सुनिता डंगोलले जानकारी गराउनुभयो ।

आव २०८०÷८१ को बजेटमा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको मासिक तलब भुक्तानीकै लागि भनेर ३० करोडको सोध भर्ना कोष खडा गरिएको बजेटमा उल्लेख छ ।

आज सार्वजनिक महानगरको बजेटमा शिक्षा क्षेत्रमा मात्र १ अर्ब ३२ करोड ९ लाखभन्दा बढी रकम विनियोजन गरिएको छ ।