नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

न्यूज समय

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका –६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो खसेको पहिरोका कारण दुईतर्फी सडक अबरुद्ध भएको हो ।
अहिले पहिरो पन्छ्याउने काम भइरहेको प्रहरीले बताएको छ ।