१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

जीप दुर्घटनामा दूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीको श्रीमति सहित २ जनाको मृत्यु ३ घाईते

बझाङमा भएको जीप दुर्घटनामा दूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको श्रीमति सहित दुई जनाको मृत्यु भएको छ ।

मन्त्री सिंह सवार सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा मन्त्रीको श्रीमति अमृतादेवी सिंह र भाउजु जयादेवी सिंह रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मन्त्री सिंह सहित ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारी रहेका छन् ।
घाईतेहरुलाई स्थानीय स्वास्थ्य चौकिमा सामान्य उपचार पछि थप उपचारका लागि हेकिकप्टरबाट नेपालगंज लगिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*