१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

पहिरोमा फसेकाको हेलेकप्टरबाट उद्धार

कोसी प्रदेशका बाढि पहिरो पिडितका उद्धार कार्य सुरु भएको छ । सनिबार राति कोसीको ताप्लेजुङ, पाँचथर र संखुवा सभामा गएको बाढी पहिरोमा परेकालाई सोमबार मात्र नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो ।


पाँचथरको पहिरोमा फसेका १२ जनाको सेनाको टोलीले उद्धार गरेको छ । पहिरोमा फसेका ३ घरका १२ जनालाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको छ । त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ ।


त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।


यसै गरी पहिरोमा फसेका अन्यको पनि खोजि कार्य भइरहेका छ । जिल्ला प्रहरीका अनुसार बाढी पहिरोम परेका सर्वसाधारणलाई खाना र बस्नको व्यवस्था समेत सुरु गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*