१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

सीमा अपराध नियन्त्रणमा काविल बन्दै सशस्त्र प्रहरी बल कपिलवस्तु


सौरभ गिरी
कपिलवस्तुमा तस्कर नियन्त्रणमा सशस्त्र प्रहरी काविल हुँदै गएको छ ।
निरन्तर बढिरहको सीमा तस्करलाई सशस्त्र प्रहरी बलका उपरिक्षक जीवन केसीले नेतृत्व सम्हाले देखि त्यस्ता गतिविधी निरन्तर घट्दै गएको छ ।


नेपाल भारत खुल्ला सीमाका कारण हुने साना ठुला तस्करमा सशस्त्र प्रहरीले निगरानी बढाएपछि तस्करको भागाभाग भएको छ । सम्भावित तस्करीलाई मध्यनजर गर्दै उपरिक्षक केसीले मातहतको विओपि तथा चेक पोष्टलाई तस्करी नियन्त्रणमा कडा निर्देशन दिएका छन् ।


एसपी केसीले छिमेकी देश भारतका सुरक्षा निकायसंग पनि यस बारेमा समन्वय गर्दै दुवै तर्फका सुरक्षा निकायलाई संयुक्त गस्ती गर्न समेत पहल गर्दै आएका छन् ।
कपिलवस्तु क्षेत्रको झण्डै ९३ किलो मिटर लामो सीमा क्षेत्रमा एसपी केसीको नेतृत्वले गरेको सीमा सुरक्षा र तिव्र अनुगमनले सीमा क्षेत्रबाट उठ्ने राजश्वमा समेत बृद्धी हुन थालेको त्यहाँ स्थीत भन्सार कार्यालय बताउँछ ।


एसपी केसी भन्छन “एक रात बिओपी र एक दिन सीमा स्तम्भ निगरानी गर्दै आएका छौं” “जसका कारण सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध झण्डै झण्डै बन्द भएका छन्” ।
एसपी केसीले त्यस क्षेत्रको कमाण्ड सम्हालेको यो ५ महिनामा ७० लाख बढीको अवैध सामाग्री बरामद गरी भन्सार कार्यालयमा बुझाई सकिएको छ । उनि भन्छन् “तस्करहरुले प्रयोग गर्ने मोटरसाइकल, साइकल, स्कुटर लगायत सवारीसाधन बरामदलाई समेत तिब्रता दिएका छौं” जसका कारण यस क्षोत्रमा हुने तस्करी निरन्तर घट्दै गएको छ ।


भारतबाट भित्रने अवैध सामानका कारण आफ्नो व्यापार घटेको बताउने कपिलवस्तु क्षेत्रका स्थानीय व्यापारी पनि यतिवेला खुसी देखिन्छन् । सशस्त्र प्रहरीले थालेको यस्ता अपरेशनले तस्करी नियन्त्रण हुँदै आफ्नो व्यवसाय बृद्धि हुन थालेकोमा स्थानीय व्यापारी सशस्त्र प्रहरीलाई धन्यवाद समेत दिन्छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*