त्रिविद्वारा समायोजन हुन चाहने क्याम्पसलाई निवेदन दिन आव्हान
त्रिभुवन विश्वविद्यालयले समायोजन हुन चाहने देशै भरका क्याम्पसहरुलाई निवेदन दिन आव्हान गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै सम्वन्धन प्राप्त दुई वा दुई भन्दा बढी क्याम्पसहरुले एक आपसमा समायोजन हुन चाहे आउँदो असार मसान्त सम्म निवेदन दिन भनेको हो ।
यसरी मर्जहुन चाहने क्याम्पसले क्याम्पस सभा तथा सञ्चालन समितिबाट समायोजनको निर्णय गराई समय भित्र त्रिवि योजना निर्देशनालयमा निवेदन सक्नेछन् ।
त्यसकालागि क्याम्पसहरुले दुवै क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि सहित पेश गर्नुपर्ने त्रिविद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।