रहेनन् संविधानसभा सदस्य बस्नेत

न्यूज समय

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।
२००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका ७८ बर्षीय बस्नेतको शुक्रबार काठमाडौंमा निधन भएको पारिवारीक श्रोतले बताएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत बनेका बस्नेत नेपालको संविधान २०७२ निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।
बस्नेत नेपाली काँग्रसका भुतपूर्व सभापति गिरिजा प्रसाद कोईरालाका प्रेस प्रमुख भएर काम गरेका थिए । उनि २०४८ देखि ५१ साल सम्म गोरखापत्र संस्थानको अध्यक्ष भएका थिए ।

यसै बिच बस्नेतको निधन प्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।
नेपाली समाजलाई अमुल्य योगदान पुर्याएको भन्दै काँग्रेसले केन्द्रीय कार्यालय सहित सवै जिल्लाका पार्टी कार्यालयमा पार्टीको झण्डा ३ दिन आधा झुकाउने निर्णय गरेको छ ।