भेरी नदीको बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गएको छ ।
नलगाढ नगरपालिका वडा नं १२ मा पर्ने उक्त निर्माधिन पुलमा कामगर्दै गरेका ८ जना श्रमिक घाईते भएका छन् ।
जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोडन निर्माण गरिदै गएको बेलिब्रिज बिहीबार एक्कासी भाँचिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उक्त पुलमा हिडिरहेका ३ जना भेरी नदिमा खसेर वेपत्ता भएको पनि प्रहरीले जनाएको छ ।
घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको र गम्भिर घाईतेलाई काठमाडौ ल्याउने तैयारी थालिएको छ । बेपत्ताहरुको खोजीकार्य थालिएको बताईएको छ ।
न्यूज समय
७ बैशाख, २०८०, बिहीबार ००:००