बसन्त कुँवर नेपाल प्रहरीको आईजीपीमा नियुक्त
- १० चैत्र, २०७९, शुक्रबार १२:०१
- मुख्य समाचार
- न्यूज समय
नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् ।
शुक्रबार (आज) बसेको मन्त्रीपरिषदको बैठकले एआईजी कुँवरलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका आईजीपी धिरजप्रताप सिंहको ३० बर्षे कार्यकाल भोलि सनिवार देखि सकिदै गर्दा कुँवरलाई मन्त्रीपरिषद बैठकले आईजीपीमा नियुक्त गरेको हो ।
आईजीपीको प्रतिशपर्धामा रहेका अन्य एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेपनि कुँवर पहिलो नम्बरमा रहेकाले उनलाई आईजीपीमा बढुवा गरिएको श्रोतले बताएको छ ।
अर्घाखाँचीको सन्धीखर्क घर भएका कुँवर नेपाल प्रहरीको ३० औं आईजीपी बनेका छन् । २०५१ चैत्र ५ देखि प्रहरी निरिक्षकमा नियुक्त भएका उनी सेवा अवधिमा कुनै परिवर्तन नभए २०८१ चैत्र सम्म नेपाल प्रहरीको आईजीपी रहने छन् ।
गएको बुधबार मात्रै पहिलो नम्वरमा बढुवा भई एआईजीको दर्ज्यानी चिन्ह लगाएका उनी आज आईजीपीमा बढुवा भएका हुन् ।
२०७३ मा चितवन प्रहरी प्रमुख रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाएका कुँवर नेपाल प्रहरीको व्यावसायीक र क्षमतावान अधिकृतका रुपमा परिचित छन् ।