किशोरीहरुलाई बन्धक बनाईएको आरोमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक याङ लि मिङ रहेको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
सीआईबी प्रमुख उत्तमराज सुवेदीका अनुसार बन्धक बनाईएको ५ जना किशोरीलाई उद्धार समेत गरिएको छ ।
उद्धार गरिएका किशोरीहरुलाई ति चिनियाँ नागरिकले प्रलोभन देखाई विभिन्न जिल्लाबाट काठमाडौं ल्याएर ललितपुरको गोंगटीमा बन्धक बनाई राखेको प्रहरीको भनाई छ ।
बन्धक बनाईएका मध्य एक किशोरीले आफ्नो परिवारलाई सम्पर्क गरी त्यस स्थानमा राखिएको जानकारी दिए पछि घटना बाहिरिएको थियो ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको सीआईबी प्रमुख सुवेदीले बताए ।
न्यूज समय
१४ फाल्गुन, २०७९, आईतबार ००:००