२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

७३ औं प्रजातन्त्र दिवस मनाईयो

प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् ।
१०४ बर्षे जनानियाँ राणा शासनको अन्य भइ प्रजातन्त्र स्थापना भएको यस अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना दिदै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले गरेको त्याग बलिदानिका कारण यो संभव भएको बताए ।
७३ औं प्रजातन्त्र दिवसको यस अवसरमा काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरि प्रजातन्त्र दिवस मनाईयो ।
हरेक बर्षको फागुन ७ गते मनाउने यो दिवसका दिन नेपाली सेनाले हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपासका साथै राष्ट्रिय गीतका धून र ब्याण्ड प्रस्तुत गरे । शान्तिको प्रतिक सेता परेवा साथै रंगीचंगी बेलुन उडाईएको थियो ।
कर्याक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारी लगायत विशिष्ट व्यत्तित्वहरुको सहभागिता रहेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*