यातायात मजदुर संगठनले बन्द तथा हडताल फिर्ता लिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ लगायतको टोलि सँग मंगलबार भएको बार्ता पछि मजदुर संगठन बन्द फिर्ता लिन सहमत भएका हुन् ।
बार्तामा घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको छ ।
घटनाको यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम नेतृत्वको कार्यदलले ११ गतेभित्र आवश्यक छानबिन गरेर सुझाव दिने र सोहि बमोजिम कारवाही अगाडी बढाउने बताईएको छ ।
यातायात मजदुरहरूले नयाँ बसपार्क क्षेत्र भित्र रहेको प्रहरीको भ्यान र प्रहरी बिटमा आगजनी गरेका थिए भने नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले सञ्चालन गरेको ल्होत्से भवनमा समेत तोडफोड गरेका थिए ।
सवारी चालकको पाँच पटक चिट काटे पछि ६ महिना सवारी साधन चलाउन नपाउने भन्ने व्यवस्था लागु हुने भए पछि त्यस बिरुद्ध यातायात मजदुर संगठन आन्दोलनमा उत्रिएको थियो ।
आन्दोलनमा उत्रिएका मजदुरलाई लोत्से बहुउश्यीय प्रा.लि.का कर्मचारीले समेत हातपात गरेको भन्दै मजदुरहरु कारवाहीको माग गरेर सडकमा उत्रिएका थिए ।
मजदुरहरुले सोमबार बसपार्क क्षेत्रको सडकमा यातायातका साधन तेर्साएर सवारी अवागमन ठप्प पार्नुका साथै आन्लोलन गरेका थिए ।
न्यूज समय
२ फाल्गुन, २०७९, मंगलबार ००:००