चितवन २ मा वैशाख १० मा उपनिर्वाचन हुँदै
चितवनको क्षेत्र न.२ मा आउँदो २०८० वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन अयोगको आईबारको बैठकले प्रतिनिधिसभा सदस्यको उपचिर्वाचन निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको हो ।
गएको मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिाछाने नागरिकता सम्बन्धी मुद्दामा अदालतको फैसलाबाट पदमुक्त भएपछि रिक्त पदमा निर्वाचन आयोगले उपनिर्वाचनका लागि वैशाख १०को मिति घोषणा गरेको हो ।
त्यसका लागि आयोगले फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रवक्ता शर्मा पौडेलका अनुसार चैत २० गते मनोनयन दर्ता गर्ने र २०८० वैशाख १० गते निर्वाचन गर्ने गरी कार्यतालिका तोकिएको बताए ।