१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

आज देखि उपत्यकामा मेलम्चीको पानी वितरण पुनः शुरु

काठमाडौं उपत्यकामा शुक्रबार (आज) देखि मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको छ ।
बर्षायाममा मेलम्ची खानेपानी योजनामा हुन सक्ने संभावित क्षेतिलाई मध्यनज गर्दै रोकिएको पानी वितरण प्रकृया खानेपानी मन्त्री उमाकान्त चौधरीले पुनः शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले काठमाडौं बासीलाई बाह्रै महिना मेलम्चीको खानेपानी उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
तेस्रो पटक शुरु गरिएको वितरण नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा झण्डै ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।
काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक झण्डै ४३ करोड लिटर भएपनि आपूर्ति भने करिब १२ करोड लिटर मात्रै हुँदै आएको छ । हाल वितरण हुँदै आएकोमा १७ करोड लिटर पानी थप भए पनि कुल माग अनुसारको पानी वितरण गर्न नसकिएको सरोकार निकाय बताउँछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*