नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको भक्तपुर स्थित घर अगाडि भेटिएको शंखास्पद बस्तुलाई निष्क्रिय पारिएको छ ।
पूर्व सूचना तथा संचारमन्त्री समेत रहेका बाँस्कोटाको घरअगाडि आईतबार विहान भेटिएको उक्त शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
घर अगाडि शंखास्पद प्रेसर कुकर राखिएको भए पनि त्यस भित्र कुनै विष्फोटक पदार्थ नरहेको प्रहरीको भनाई छ ।
शंकास्पद बस्तुको वरपर नेपालको राष्ट्रिय झण्डा, केहि पर्चाहरु फेला परेका थिए । केहि पर्चामा कार्य मोर्चाको नाममा उपत्यकाका ठुला नेताहरुलाई बाहिर भगाऔं भन्ने लेखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक प्रजित केसीले बताए ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बाँस्कोटा हालै सम्पन्न प्रतिनिधिसभा सदस्यमा काभ्रेबाट निर्वाचित भएका छन् ।
बाँस्कोटाको सोहि घरमा २०७६ सालमा पनि बिस्फोटक पदार्थ भेटिएको थियो ।
न्यूज समय
१८ मंसिर, २०७९, आईतबार ००:००