प्रदेश १ का वातावरण तथा भू-संरक्षण मन्त्री थापाको निधन
एक नम्बर प्रदेशका वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।
डेंगीबाट संक्रमित थापाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा बुधबार विहान साढे १० बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
नेपाली काँग्रेस मोरङ क्षेत्र न. ३ (१) बाट प्रदेशसभा सदस्य उमेदवारी दिएको भोलि पल्ट डेंगी भएको पुष्टि भएको थियो । बिरामी परे लगतै उपचारका लागि थापालाई काठमाडौं स्थित ह्याम्स अपतालमा भ्रर्ना गरिएको थियो ।
५६ बर्षीय थापालाई मंगलबार ह्याम्स अस्पलातबाट विराटनगर स्थित नोबेल अस्पलात सारिएको थियो ।
मोरङको पथरी शनिश्चरे–८ स्थायी घर भएका स्वार्गीय थापाको श्रीमती, एक छोरा र एक छोरी छन् ।