१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

बम विस्फोटको स्थलगत अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले कालिकोटमा टोलि पठायो

कालिकोटको बम विस्फोट घटनाको स्थलगत अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले टोलि खटाएको छ ।
आयोगले एक बिज्ञप्ती मार्फत त्यहाँ स्थित तिलगुफा नगरपालिका वडा न. १० मा यहि कार्तिक १२ गते भएको बम विस्फोटको घटनाको स्थलगत अनुगमनका लागि टोलि खटाएको जानकारी दिएको छ ।
बम विस्फोटमा परि त्यहाँका दुई बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
साथै आयोगले बिज्ञप्ती मार्फत घटनालाई संवेदनशील रुपमा लिई स्वतन्त्र रुपमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकार तथा संबद्ध निकाय संग आग्रह समेत गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*