१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

रामचन्द्र पौडेल कै पहलमा निति निर्माण तहमा पुगे यी नेता


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट आगामी मंसिरमा हुने आम निर्वाचनमा जीवनको उर्ताद्धमा चुनावी मैदानमा उत्रदै छन् । २०४८ सालदेखि तनहुँबाट प्रतिनिधिसभा सदस्य बन्दै आएका पौडेलले तनहुँको भौतिह पूर्वाधारको विकास मात्र नभई शिक्षा स्वास्थ्य विजुलीको समेत व्यवस्था गरेका थिए ।

पौडेलले तनहुँका आफुभन्दा पछाडि रहेका नेताहरुलाई समेत संगै राजनीतिमा डोहो¥याएका छन् । धेरै नेताहरुका जिल्लामा नेताहरुको खडेरी छ । आफुपछिको उत्तराधिकारी समेत तयार गर्न नेताहरुले सकेका छैनन् । तर कांग्रेस वरिष्ठ नेता पौडेलले आफ्ना समकक्षीदेखि आफुभन्दा पछिल्लो पुस्ताका नेताहरुलाई समेत संगै राजनीतिमा अगाडि बढाएका कारण आज तनहुँमा नेताहरु धेरै भएका छन् ।

पौडेलले आफ्ना समकक्षी नेता रामचन्द्र पोखरेललाई २०६४ सालमा संमानुपातिक तर्फबाट संविधानसभा सदस्य बनउनका लागि महत्वपूर्ण भूमीका निर्वाह गरे । पौडेलले आफु प्रत्यक्ष निर्वाचनको मैदानमा गएपछि आफ्ना समकक्षी नेता पोखरेललाई समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनाएका थिए ।

कांग्रेस वरिष्ठ नेता पौडेलले समावेशी सिद्धान्तलाई व्यवहारमा नै अंगिकार गरेका छन् । पौडेलले तनहुँमा रहेको विभिन्न जात जातीका नेताहरुलाई मुलुकको नीति निर्माण तहमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पौडेल कै पहलमा मगर समुदायका झुलबहादुर आलेलाई संविधानसभा सदस्य समानुपातिक तर्फबाट बने । त्यस्तै दलित समुदायका दोबाटे विक पौडेलकै पहलमा समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । पछि दोबाटे विक गण्डकी प्रदेशको मन्त्री समेत भए । मन्त्री बनाउन पनि पौडेलले पहल गरेका थिए ।

पौडेलले तनहुँबाट नै गुरुङ समुदायबाट महिला सरिता गुरुङलाई गण्डकी प्रदेशसभा सदस्यमा समानुपातिक तर्फबाट निर्वाचन गर्न ठूलो भूमिका निर्वाह गरेका थिए । पौडेले यो पटक नेवार समुदायलाई नीति निर्माण तहको पु¥याउने तयारी गरिरहेका उनी निकट स्रोतले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*